‘ह्वाट द फ्लप’ शोका संचालक सन्दीपले मागे माफी

Newslaya Home

‘ह्वाट द फ्लप’ शोका संचालक सन्दीपले मागे माफी

शुक्रबार २६, असार २०७७

काठमाडौं ।‘ह्वाट द फ्लप’ शोका संचालक सन्दीप क्षेत्रीले माफी मागेका छन् ।

कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पुर्याउने खालको प्रस्तुति गर्दै आएको आरोप सहित क्षेत्रीविरुद्ध उजुरी परेपछि उनले माफी मागेका हुन् ।

बिहिबार साँझ प्रसार भएको कार्यक्रम मार्फत आफ्नो कार्यक्रम विशुद्ध मनोरञ्जन र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मागेका हुन् ।

कार्यक्रममार्फत कुनै्र पनि समुदायको मन दुखाउने उदेश्य कहिलै नरहेको बताएका सन्दीपले यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ‘ह्वाट द फ्लप’ टिम र कान्तिपुर टेलिभिजन माफी माग्न चाहान्छ ।’

केही दिन अगाडि कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गराउन प्रेस काउन्सिलमा उजुरी परेको थियो । उक्त उजुरीमा कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री, कार्यक्रमका ब्यावस्थापक र प्रोडुसर विशाल घोषलाई कानूनी कारवाहीको माग गरिएको थियो ।