फिल्म ‘लकडाउन’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

फिल्म ‘लकडाउन’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार २६, असार २०७७

काठमाडौं । कोरोना भाइरसको बिषय समेटेर छोटो फिल्म ‘लकडाउन’ निर्माण भएको छ ।

फिल्ममा एक सम्पन्न युवाको लक कसरी डाउन भइरहेको छ भन्ने देखाउन खोजिएको छ । द सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको फिल्ममा अभिविन्द खनिया, बर्षा भण्डारी, अनिकेत अधिकारी र प्रख्यात घिमिरेको अभिनय देख्न सकिन्छ ।

रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको फिल्ममा निमा शेर्पाको छायाँकन तथा सम्पादन रहेको छ । फिल्मको छायाँकन काठमाडौ र ललितपुरमा गरिएको हो ।