स्तुति र शान्ताद्वारा जन्मदिनको सबै खर्च ओस्टियोमाईलिटिसका बिरामी पारुहाङलाई प्रदान

Newslaya Home

स्तुति र शान्ताद्वारा जन्मदिनको सबै खर्च ओस्टियोमाईलिटिसका बिरामी पारुहाङलाई प्रदान

-अर्जुन राई अपहेलित
बिहीबार २५, असार २०७७

इटहरी । विगत तीन वर्ष देखि ओस्टियोमाईलिटीस अर्थात गोडाको हड्डी टुक्रिएर झर्ने रोगले थलिएका १४ वर्षीय पारुहाङ राईको उपचारको लागि सुनसरीकी स्तुति लिम्बू र ताप्लेजुङकी शान्ता लाबुङ लिम्बुले जन्म दिनको सम्पूर्ण खर्च प्रदान गरेका छन् ।

सुनसरीको धरान ११ घर भैइ हाल बेलायतमा बसोबास गर्नु हुने २० वर्षीया स्तुति लिम्बू र ताप्लेजुङको फक्ताङलुङ गाउपालिका–४ इक्खाबु घर भैइ हाल धरान–१९ मा बसोबास गर्नु हुने १५ वर्षीया शान्ता लाबुङ लिम्बुद्वारा आफ्नो जन्मदिनको अवसरमा जन्म दिनको सम्पूर्ण खर्च पारुहाङ राईको उपचारर्थ बिहीबार (आज) प्रदान गरिएको हो ।

ओस्टियोमाईल्टिस नामक घातक रोगका कारण जीवन र मरण संग संघर्ष गरिरहेको पारुहाङलाई जन्म दिनको अवसरमा स्तुति लिम्बुले रु १० हजार आर्थिक सहयोग रकम सामाजिक तथा न्यायिक क्षेत्रका अग्रणी ब्यक्तित्व समाजसेवी शिव बान्तावा मार्फत हस्तान्तरण गरेको हो भने शान्ता लाबुङले आफै पारुहाङको आश्रय स्थलमा गएर रु १० हजार अर्थिक सहयोग रकम प्रदान गरेको हो ।

भोजपुर जिल्ला रामप्रसाद राई गाउपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका पारुहाङ हाल इटहरीस्थित आफ्नो सानिमाको शरणमा बसिरहेका छन् । सानैमा बाबुले छाडेको र आमा पनि साथमा नभएको कारण पारुहाङको प्रभावकारी उपचार हुन सकिरहेको थिएन ।

सानिमाको पनि आर्थिक अवस्था राम्रो नभएको र उहाँ आफै मुटुको बिरामी भएको कारण उहाँको आफ्नै उपचार चलिरहेकोले पारुहाङको स्वास्थ्य उपचार हुन नसकेको तर पारुहाङ आफू बाच्न चाहेको र सहयोगको याचना गरेको भिडियो सार्वजनिक भए पछि किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिको अगुवाईमा पारुहाङ राई बचाउ अभियान चलीरहेको छ ।

हाल पारुहाङको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाड जोर्नि विभाग टिम “सि” का प्रमुख प्रोफेसर डा. बिक्रम प्रधान र साहयक प्रोफेसर डा. राजिव महर्जनका टिमले उपचार गरिरहेको किरात राई विधार्थी संघका केन्द्रिय अध्यक्ष रामचन्द्र राईले जानकारी दिनुभयो ।

यसका साथै किरात राई सुम्निमा संघ इटहरी उपमहानगर समितीले पनि पारुहाङको उपचारर्थ रु १२०६५/- आर्थिक रकम सहयोग गरेको छ । संघका नगर अध्यक्ष बन्दना राईको नेतृत्वमा गएको टिमले पारुहाङको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त आर्थिक सहयोग रकम प्रदान गरेको हो ।

इलामको माई नगरपालिका–९ सोक्तेम घर भैइ हाल हङकङमा बसोबास गर्नु हुने रन्जिता सारु मगरले रु २३,१००/- आर्थिक रकम सहयोग गर्नु भएको छ । तेस्तै धरान–१५ घर भैइ हाल हङकङमै बसोबास गर्नु हुने समाजसेवि पदमा हुक्पा चोङबाङ लिम्बूले पनि रु १० हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । भोजपुरको हतुवागढी–४ बारापिङ्ग घर भैइ हाल इन्डियन आर्मिमा कार्यरत दिनेश राईले रु ३०००/- र सुनसरी जिल्ला स्थित झुम्का घर भैइ हाल बेलायतमा बसोबास गर्नु हुने भुषण राईले रु १५००/- आर्थिक सहयोग गर्नु भएको छ ।

पारुहाङको जीवन रक्षार्थ स्तुति र शान्ताको यो अनुकरणीय सहयोगको अभियानले सराहना गरेको छ । साथै अभियानको तर्फबाट सघंले दुवैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँहरुको जन्मदिनको अवसरमा विशेष शुभकामना समेत व्यक्त गरेको छ ।
यतिका सहयोगले मात्र पारुहाङको जीवन रक्षा हुन नसक्ने बताउदै पारुहाङको जीवन बचाउन सबै सहयोगी मनहरु समक्ष किरात राई विधार्थी संघले थप सहयोगको अपिल समेत गरेको छ ।

हाल सम्म पारुहाङको उपचारको लागि अभियान मार्फत दुई लाख भन्दा बढी आर्थिक सहयोग रकम सङकलन भैइसकेको पारुहाङ राई बचाउ अभियानका संयोजक तथा किरात राई बिधार्थी संघका केन्द्रिय अध्यक्ष रामचन्द्र राईले जानकारी दिए । 

१४ वर्षीय बालक पारुहाङको थप उपचारको लागि आर्थिक संकलन अभियान स्वरुप सहयोग गर्न इच्छुक सहयोगी मनहरुले उपचारमा सहयोग पुर्याउन उनको सानीआमाको मोबाईल नम्बर ९८११०९१३५०/ ९८४००५२९६९ मा सम्पर्क गरी अर्थात एन आई सि एसिया बैङ्कको खाता नम्बर २५४५७५०८५५६२७००१ (2545750855627001)मा सहयोगको लागि रकम जम्मा गर्न सक्नेछन् ।
सहयोग गरिसके पछि आफ्नो सहयोगको बारेमा एक पटक अवश्य जानकारी गराउनुहोला । सहयोगको रिपोर्ट राख्ने परिवारले जनाएको छ ।

No description available.

No description available.No description available.No description available.