नेकपा प्रवक्ता श्रेष्ठको भारतीय मिडियाप्रति आपत्तिः ‘हद भयो, बकवास बन्द गर’

Newslaya Home

नेकपा प्रवक्ता श्रेष्ठको भारतीय मिडियाप्रति आपत्तिः ‘हद भयो, बकवास बन्द गर’

बिहीबार २५, असार २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकारबारे भारतीय मिडियाले अनर्गल प्रचार गरेको बताएका छन् ।

केही भारतीय टिभी च्यानलले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रचार गरेपछि प्रवक्ता श्रेष्ठले त्यसप्रति लक्षित गर्दै अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न आग्रह गरेका हुन् ।

भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’