जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, भोलि प्रमाणपत्र पाउने

Newslaya Home

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, भोलि प्रमाणपत्र पाउने

बिहीबार २५, असार २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगको बुधबार बसेको बैठकले तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकृत भइ बनेको जनता समाजवादी दल दर्ताको निर्णय गरेको हो ।

त्यसै अनुसार बिहीबार दल दर्ता गरिएको र प्रमाणपत्र लिनको लागि शुक्रबार बोलाइएको बताइएको छ ।