सुनसरीमा निगुरो टिप्न गएका युवकको लडेर मृत्यु

Newslaya Home

सुनसरीमा निगुरो टिप्न गएका युवकको लडेर मृत्यु

बिहीबार २५, असार २०७७

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित कोशी किनारामा निगुरो टिप्न गएका एक युवाको लडेर मृत्यु भएको छ ।

साथीहरुसंगै निगुरो टिप्न गएका बराहक्षेत्र–११ का २८ बर्षीय संजिव मेहेताको लडेर बिहीबार (आज) बिहान मृत्यु भएको हो ।

चिप्लीएर कोशीको पानीमा खस्दा घाईते भएका मेहेतालाई संगै गएका साथीहरुले तत्काल उद्धार गरी उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएका थिए ।
उपचारको क्रममा उनको मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।