विराटनगरमा २२ वर्षदेखि सञ्चालनमा रहेको होटल जेनियल बन्द

Newslaya Home

विराटनगरमा २२ वर्षदेखि सञ्चालनमा रहेको होटल जेनियल बन्द

बिहीबार २५, असार २०७७

विराटनगर । विराटनगरको होटल जेनियल बन्द भएको छ । पहिलो ठूलो लगानीमा सञ्चालित जेनियल २०५५ सालदेखि सञ्चालनमा रहेको थियो ।

लकडाउनका कारण व्यवसाय बन्द भएपछि होटल बन्द गर्ने निर्णय भएको होटल सञ्चालकले बताएका छन् । चैत ११ देखि सुरु भएको लकडाउनका कारण खर्च धान्न सक्ने अवस्था नभएपछि होटल बन्द गरेको उनले बताए ।

होटलको रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्र छन् । कोरोना महामारीपछि पनि पर्यटन क्षेत्रमा सुधार आउन समय लाग्ने भएकाले तत्काल होटल चलाउन सक्ने अवस्था नरहेको उनले बताए ।

श्रम कार्यालय र ट्रेड युनियनका प्रतिनिधि राखेर कामदारले पाउने उपदान, सुविधासहित नियमअनुसार कर्मचारीलाई बिदा दिएको उनले बताए ।

होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ वटा मिटिङ हल, एउटा स्वीमिङ पुल र दुईवटा रेस्टुरेन्ट छन् ।