भोजपुरको पौवादुङमामा १८ वर्षीय दिवसको डुबेर मृत्यु

Newslaya Home

भोजपुरको पौवादुङमामा १८ वर्षीय दिवसको डुबेर मृत्यु

बिहीबार २५, असार २०७७

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–३ स्थित खेसाङ खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

बुधबार (हिजो) अपरान्ह उक्त खोलामा पौडी खेल्ने क्रममा डुबेर पौवादुङमा–३ औलियाका जम बहादुर मुक्मिन राईको १८ वर्षीय छोरा दिवस राईको मृत्यु भएको हो ।

मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय तिवारी भञ्याङबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।