प्रधानमन्त्री ओलिको समर्थनमा इटहरीका युवाले निकाले जुलुस

Newslaya Home

प्रधानमन्त्री ओलिको समर्थनमा इटहरीका युवाले निकाले जुलुस

बुधबार २४, असार २०७७

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा इटहरीका युवाहरुले बुधबार जुलुस निकालेका छन् । प्रधानमन्त्री ओली नै हुनु पर्ने माग गर्दै इटहरीमा युवाहरुले जुलुस निकालेका हुन् ।

युवाहरुले इटहरी उपमहानगरपालिका अगाडिबाट पर्दशन निकालेका थिए । ‘नागरिकता बिधयेकको स्वागत गरौं’, ‘सुशासन सहितको स्थायी सरकार कायम गर’, ‘नेकपा सक्छौ प्रधानमन्त्रीलाई सहयोग गर सक्दैन असहयोग नगर’ लेखिएको स्लोगन सहित युवाहरुले प्रर्दशनमा निस्किएमा थिए ।

कार्यक्रममा बोल्दै गायत्री लम्सालले अहिले सरकार परिवर्तन हुँदा देश संकटमा पर्ने भएकाले स्वत स्फूर्त प्रधानमन्त्रीको पक्षमा जुलुस निकालिएको बताए । जुलुसमा करिब एक सय जनाको सहभागीता रहको थियो ।

Image may contain: 2 people, people standing, crowd, child and outdoor

Image may contain: 2 people, people standing and outdoor