अमेरिकामा कोरोनाले रेकर्ड तोड्यो, एकैदिन ६० हजार संक्रमित

Newslaya Home

अमेरिकामा कोरोनाले रेकर्ड तोड्यो, एकैदिन ६० हजार संक्रमित

बुधबार २४, असार २०७७

काठमाडौं । अमेरिकामा एकै दिन ६० हजार कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्म एकैदिन सर्वाधिक संक्रमित थपिएको संख्या हो ।

अमेरिकामा अहिलेसम्म ३० लाख ९८ हजार संक्रमित संख्या पुगेको छ । एक लाख ३४ हजारको मृत्यु भइसकेको छ ।

अमेरिकामा मानिसहरु मनोरञ्जनस्थलहरुमा भीडभाड बढिरहँदा संक्रमित संख्यामा रेकर्ड तोडिएको हो । यसले त्यहाँ भयावह अवस्था आउने देखिएको छ ।