ट्विनी गर्ल्स र बलेको तिज गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

ट्विनी गर्ल्स र बलेको तिज गीत सार्वजनिक (भिडियोसहित)

बुधबार २४, असार २०७७

काठमाडौं । प्रिन्सी र प्रिज्मा खतिवडा (ट्विनी गर्ल्स) र हास्यकलाकार सागर लम्साल ‘बले’ अभिनित तिजको भिडियो सार्वजनिक गरिएको छ । बुधबार ‘यस्तो बनोस मेरो तीज’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गायिका अनिता चलाउनेको आवाज रहेको गीतमा विपिन किरण शब्द र दिपक शर्माको संगीत रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ ।

गीतको भियिोमा ट्विनी गर्ल्स र बलेको नृत्य देख्न सकिन्छ । पछिल्लो समय दर्शकहरुले म्युजिक भिडियोमा बले र ट्विनी गर्ल्सको जोडीलाई निकै रुचाएका छन् ।