धरानमा ४१ करोड राजस्व संकलन

Newslaya Home

धरानमा ४१ करोड राजस्व संकलन

बुधबार २४, असार २०७७

धरान । आन्तरिक राजस्व कार्यालय धरानले लकडाउनको समयमा ४१ करोड २३ लाख राजस्व संकलन गरेको छ।

लकडाउन भएको चैत महिनामा १२ करोड २ लाख रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय धरानले जानएको छ । त्यस्तै बैशाखमा ५ करोड ४५ लाख र जेठमा २३ करोढ ७६ लाख रुपैयाँ संकलन गरेको उनले बताए।

आन्तरिक राजस्व कार्यालय धरानले चालु आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। लकडाउनका कारण धेरै व्यवसायी कर तिर्न नआएका कारण यसपटक लक्ष अनुरुप राजस्व संकलन नभएको जनाइएको छ ।