अमेरिका पनि टिकटक बन्द गर्ने तयारीमा

Newslaya Home

अमेरिका पनि टिकटक बन्द गर्ने तयारीमा

बुधबार २४, असार २०७७

काठमाडौं। भारतपछि अमेरिकाले पनि टिकटक बन्द गर्ने निर्णय अघि सारेको छ। केहि दिनअघि भारतले टिकटकलगायतका ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले टिकटकसहितका चिनियाँ एपहरू प्रतिबन्ध गर्ने तयारी भइरहेको बताएका हुन्। टिकटकले लाखौं प्रयोगकर्ताको डाटा चोरिरहेको टिप्पणी माइकले गरेका छन्।

टिकटकले प्रयोगकर्ताको तथ्यांक चोर्ने गरेको भन्दै यसअघि नै अमेरिकामा प्रतिबन्ध गर्नका लागि सांसदहरुले आवाज उठाउँदै आएका थिए।