इटहरीले ३ वर्षपछि सार्वजनिक शौचालय पाउँदै

Newslaya Home

इटहरीले ३ वर्षपछि सार्वजनिक शौचालय पाउँदै

बुधबार २४, असार २०७७

इटहरी । स्थानीय तहको चुनाव पछि निर्वाचित भएर आएका जनप्रनिधिले सपथ खादैं गर्दा पहिलो बुदाँमा नै उनीहरुले सार्वजनिक शौचालय बनाउने भनेका थिए ।

तर सपथखाएको तीनवर्षमापनि इटहरीले सार्वजनिक शौचालय पाउन सकेको छैन । सपथ खाएको लामो समय सम्म पनि विभिन्न बहाना बनाएर शौचालय बनाउन नसकेको स्थानीय राजु केसि बताउँछन् ।

सार्वजनिक शौचालय पनि व्यवस्थित गर्न नसकेको भन्दै उपमहानगरपालिकाको आलोचना भइरहँदा उपमहानगरपालिका भने चर्पी बनाउनको लागि उपयुक्तजग्गाको अभाव खेपीरहेको थियो ।

इटहरी चौक आसपासमा पर्याप्त जग्गा नहूँदा शौचालयको व्यवस्थापन समयमै गर्न नसकेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । जनप्रतिधिको लागि चुनौति नै बनेको शौचालर्य समस्या अब भने समाधान हुने दिशामा छ ।

बाहिरी चौकमा जग्गा नभएपछि पालिकाले आफ्नै जग्गामा केही समय अगाडी देखि शौचालय निर्माणको काम थालेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिईन् । अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

करिब ८० लाख रकम छुट्याए पनि अकिंत कन्ट्रक्सन निर्माण कम्पनीसँग उपमहानगरले करिब ७० लाखमा काम सक्ने भनि सम्झौता भएको ईन्जिनियर प्रमुख जीवन घिमिरेले बताए । उक्त शौचालय अत्याधुनिक नयाँ प्रविधिको अपाङ्गता भएका व्यक्तिहरुले समेत प्रयोग गर्न मिल्ने गरी बन्ने ईन्जिनियर घिमिरेको भनाई छ ।

शौचालयमा पानीको धारा बिग्रिने समस्या हटाउन सेन्सर प्रविधिमा आधारित धारा जडान गरिनेछ । लकडाउन अगाडी जमिन मुनिको भागनिर्माण सकिए पनि कोरोना भाईरसका कारण अहिले निर्माणको कामबन्द रहेको छ । आगामी भदौबाट पुनःकाम सञ्चालन गरी निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको ईन्जिनियर घिमिरेले जानकारी दिए ।

यो सगैं इटहरीमा सार्वजनिक शौचालयको संख्या तीन पुग्नेछ । यस अघि नै इटहरी बसपार्क र हटिया लाईनमा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् ।