धरानमा आगलागी हुँदा दुई घर जलेर नष्ट

Newslaya Home

धरानमा आगलागी हुँदा दुई घर जलेर नष्ट

बुधबार २४, असार २०७७

धरान । धरान –१४ को विजयपुरस्थित बेलडाँडामा आगलागी हुदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

बुधबार (आज) बिहान स्थानीय विष्णु राई र कमल राईको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ग्याँस लिक भएर विष्णु राईको घरबाट आगलागी शुरु भएको थियो ।

उनको घर पूर्ण जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीलगायतको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।