मास्क नलगाई हिड्ने ६४ जना पक्राउ

Newslaya Home

मास्क नलगाई हिड्ने ६४ जना पक्राउ

बुधबार २४, असार २०७७

लहान । मास्क नलगाई हिड्ने ६४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कोरोनाको सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी कारवाही शुरु गरिएको जनाइएको छ ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको छ। सरकारले मास्क नलगाउनेलाई पक्राउ गर्न निर्देशन दिएको थियो। त्यहि अनुसार देशभर मास्क नलगाउनेलाई कारबाही गर्न थालिएको छ।