सिप हुँदा खाली हात बस्नु परेन

Newslaya Home

सिप हुँदा खाली हात बस्नु परेन

- बाबुराम कार्की
बुधबार २४, असार २०७७

बराहक्षेत्र । न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ , भन्ने भनाइलाई बराहक्षेत्र ९ सोह्रनम्बरका ४५ धन बहादुर राईले व्यवहारमा उतारेका छन् ।

धन बहादुरलाई यति लामो लकडाउनले पनि उनको सिपलाई कुनै असर गरेन । विहान उठेदेखि बेलुकैसम्म काममै व्यस्त रहे । लकडाउनको पूर्ण पालना गर्दै घरभित्रै पनि उनको सिपले काम पाइरह्यो ।

बैदेशिक रोजगारीको लागि १२ वर्ष साउदीमा बसेर ६ वर्ष अगाडि घर फर्किएका धन बहादुर राई नेपाल फर्किएपछि के गर्ने भन्ने सोचमा थिए । बाउबाजेले गरिआएको कृषिपेसामा पनि रमाउन नखोजेका होइन् तर, कृषिप्रति चाख नभएकाले लामो समयसँग कृषिपेसालाई अंगाल्न सकेनन् । अन्ततः आफ्नै दाजु तेजकुमार राईले राजाबासमा खोलेको मोटरबेन्डिङ देखि पंखा, रेफ्रिजेरेटर बनाउने काममा दाजुलाई सघाउन थालेका उनले दाजुसँगै सिप सिके ।

हाल दाजुकै काम सम्हालेर मनग्य आम्दानी गर्दै आएका छन् । चैत ११ गते देखि विश्व माहामारीका रुपमा फैलिएको कोभिड १९ का कारण देशभर लकडाउन भइरहदा उनले बराहक्षेत्र ९ राजाबासमा खोलेको दोकान त बन्द भयो तर, उनको हातमा भएको सिप बन्द भएन ।

उनको दोकानमा लकडाउन अघि बनाउन ल्याइएका मटर, पंखा, रेफ्रिजेरेटर लगायतका सामाानहरुको चाङ थियो । तिनै सामानलाई धन बहादुरले घरमा लगे र आवश्यक औजार र मर्मतका सामानहरुको जुगाड गरे । उनले लकडाउन अवधिमै मासिक ४५ हजार सम्म कमाएको सुनाए । उनले भने घरमै बसेर लकडाउनको पनि पालना गरे आफ्नो सिपलाई पनि प्रयोग गरे ।

उनलाई यही सिपले मासिक ४० देखि ६० हजार सम्म आम्दानी हुने गरेको छ । मेहनेति धन बहादुर विहान उठे देखि वेलुकैु सम्म काममै व्यस्त रहन्छन् । उनीसँग पिलास, टेस्टर, पेचकस र केहि साइजका तामाका तारहरु लगायतका सामानहरुबाट उनको साथमै भइरहन्छ ।

बराहक्षेत्र १० प्रकाशपुरकै तुलसी बन्जराले लकडाउनमा उनले पनि राम्रो आम्दानी गरेका छन् उनी पनि विद्युत जडानका टेक्निीसियन हुन् । उनले लकडाउन भरी सुरक्षित भएर काम गरेको सुनाए । उनले पनि लकडाउन अघि नै विद्युत वायरिङ गर्न ठेक्कामा लिएका घरहरु लकडाउन भित्रै सके । तुलसी भन्छन् ‘बेलैमा सिप सिकेको थिए । आफु मात्र होइन अहिले अरुलाई पनि काम दिने गरेको छु ।’ उनले गरेको कामबाट रामै्र आम्दानी भइरहेको सुनाए ।

त्यस्तै प्रकाशपुरकै राजकुमार राईले पनि विद्युत वायरिङ्गको काम सुरक्षित भएर गरे । उनले लक डाउन मै दुई वटा घर वायारीङ्ग गरेको सुनाए । गाउँमै वायारीङ्गको काम गर्दै आएका राजकुमार भन्छन्, ‘गाउँमा विद्युत वायरिङ्गक सिकाउन आउदा तिन महिना सिकेको थिए । सिप हुँदाको फाइदा लक डाउनमा पनि भयो । सबै काम बन्द भैरहदा विद्युतको काम गरियो ।

धनबहादुर राईले भने, ‘साउदीमा त्यहीँ २५,३० हजार कमाउन आठ घण्टा खट्नुपथ्र्याे । आफ्नै घरमा बसेर विदेशको जती कमाइ गरिरहेकै छु ।’ मेहेनती र लगनशिल धनबहादुरले इपिएस प्रणालीबाट कोरियन भाषा पनि पास गरेपनि उनी कोरिया भने छिर्न सकेनन् । ‘मेरो सवै कागजपत्र पाठाएपनि मेरो कागजपत्र रिसिभ भएन, आफ्नै देशमा, आफ्नै गाँउमा काम गर्न लेखेको रहेछ’, हास्दै उनले बताए । धनबहादुर भन्छन्, धेरै युवाहरु अहिले गाँउमा बेरोजगार भएर बस्नुभएको छ । लगनशिल भएर केहि न केहि सिपहरु सिक्ने हो भने यहीँ धेरै अवसरहरु छन् । नेपालमा काम गरेर ३० हजार कमाउन लाज लाग्छ, विदेशमा त्यत्ती नै रकम कमाउन तछाड मछाड गरेर जान्छन् ।

वर्षेनी छापाखानामा काम गर्ने मिस्त्री, कपाल काट्ने हजम, गाडिहरु बनाउने मिस्त्रीहरुले नेपालबाट धेरै पैसा लिएर जान्छन्, खै त हामी नेपाली युवाहरुको त्यता तिर ध्यान गएको ? युवाहरुले टेक्निसियन काम सिक्ने हो भने कहल्यै खाली हात बस्नु पर्ने थिएन ।