चितवनमा एक व्यक्तिको शव फेला

Newslaya Home

चितवनमा एक व्यक्तिको शव फेला

बुधबार २४, असार २०७७

चितवन । चितवनमा एक व्यक्तिको शव फेला परेको छ । भरतपुर महानगरपालिका–१० स्थित मैयादेवी कन्या कलेजको परिसर नजिकै शव फेला परेको हो । प्रहरीका अनुसार भरतपुर–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको शव भेटिएको हो ।

गुरूङको हत्या गरेर बोराभित्र राखेर फालिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । सोही आशंकाको आधारमा अनुसन्धान भइरहेको चितवनका प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाले बताए । अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

मृतकका भाइ सन्तकुमार गुरुङले मृतक आफ्नो दाइ रहेको सनाखत गरेका थिए । मृतकको अनुहार चिनिने अवस्थामा थिएन । शव केही सडेको अवस्थामा थियो । निरन्तर पानी परिहेकाले शव चाँडो सडेको प्रहरीको भनाइ छ ।

शवको पोष्टमार्टमपछि थप कुरा पत्ता लाग्ने उनले बताए । शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।