शैलेश थापा बने नयाँ आईजीपी

Newslaya Home

शैलेश थापा बने नयाँ आईजीपी

मङ्गलबार २३, असार २०७७

काठमाडौं । सरकारले २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयले एआईजी क्षेत्रीलाई नेपाल प्रहरीको २८ औं आईजीपीका रुपमा नियुक्त गरेको हो ।

बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरेका आईजीपी ठाकुर ज्ञवालीले अनिवार्य अवकाश पाउने भएपछि थापालाई आईजीपी नियुक्त गरिएको हो ।

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार बढुवा गरिएको हो ।