सुनसरीको भोक्राहाबाट लागूऔषध सहित पक्राउ

Newslaya Home

सुनसरीको भोक्राहाबाट लागूऔषध सहित पक्राउ

मङ्गलबार २३, असार २०७७

इटहरी । सुनसरीको भोक्राहा नरसिंह–८ बाट लागुऔषध सहित एक जनालाई पक्राउ गरिएको छ ।

प्रहरी चौकी सिसुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय सुल्तसान अन्सारीलाई लागुऔषध सहित सोमबार राति पक्राउ गरेको हो ।

उनको साथबाट डाईलक्स डिसि १०० एम.एल.को १६ बोतल र नाईट्राभेट ३० ट्याबलेट बरामद गरिएको छ । लागुऔषध सहित पक्राउ परेका अन्सारीको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।