सुनसरीको जुडितालमा डुबेर १७ वर्षीया युवतीको मृत्यु

Newslaya Home

सुनसरीको जुडितालमा डुबेर १७ वर्षीया युवतीको मृत्यु

मङ्गलबार २३, असार २०७७

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित जुडितालमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

सोमबार दिउँसो उक्त तालमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय १७ वर्षीया सिसम राईको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।