सरकारसँग १२ बुँदे सहमति भएसँगै अभियन्ता ई ले तोडे अनशन

Newslaya Home

सरकारसँग १२ बुँदे सहमति भएसँगै अभियन्ता ई ले तोडे अनशन

मङ्गलबार २३, असार २०७७

काठमाडौं । सरकारसँग १२ बुँदे समझदारी भएसँगै युवा अभियन्ता ई ले अनशन तोडेका छन् । कोरोना रोकथाममा सरकार असफल भएको र भ्रष्टाचार मौलाएको भन्दै ईः र पुकार बम १२ दिनयता पाटनमा अनशनमा थिए ।

गत बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग युवाहरुले आफ्नो माग राखेका थिए । सोही दिन अनशनरत युवाहरु ह्याम्स अस्पताल भर्ना भएका थिए ।

बिहीबार र शुक्रबार सरकार र अनशनरत पक्षबीच वार्ता भए पनि कुनै निष्कर्षमा पुगेको थिएन । सोमबार मन्त्रालयमा भएको वार्तामा १२ बुदें सहमति भएको युवा समूहले जनाएको छ ।

सम्झौताअनुसारको काम नभएर पुन त्यही ठाउँमा गएर अनशन बस्न बाध्य हुने ई ले चेतावनी दिए ।