जनकपुरकी ११ वर्षीया कञ्चनको बलात्कारपछि हत्या, एक भारतीय नागरिक पक्राउ

Newslaya Home

जनकपुरकी ११ वर्षीया कञ्चनको बलात्कारपछि हत्या, एक भारतीय नागरिक पक्राउ

सोमबार २२, असार २०७७

जनकपुर । जनकपुरकी ११ बर्षीया बालिका कञ्चनलाई बलात्कार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक हुन्। भारतको उत्तर प्रदेश जिल्ला मलिहावादका ३२ वर्षीय दीपु सिंह रहेको धनुषा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिनपछि उनलाई पक्राउ गरी सोमबार बिहान सार्वजनिक गरेको हो। उनी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए।

गएको बुधबार स्थानीय विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन स्थानीय आँप बगैँचामा भैँसी चाराउन गएकी थिइन्। सोहि बेला सिंहले आँप दिने लोभनमा फकाइ इन्ड्रट्रिजकै पछाडिको बगैँचामा लगि बालिकाको मुख थुनेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।

गएको शुक्रबार दिउँसो कञ्चनको शव नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो। हत्या अभियोगमा पक्राउ परका सिंहले आफूले बालिकालाई बालत्कार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।