क्रिकेटर कुशल मेन्डिस पक्राउ

Newslaya Home

क्रिकेटर कुशल मेन्डिस पक्राउ

सोमबार २२, असार २०७७

काठमाडौं । श्रीलंकन क्रिकेटर कुशल मेन्डिस पक्राउ परेका छन् । कुशलको कारले एक वृद्धको ज्यान गएको आरोपमा श्रीलंकन पुलिसले उनलाई पक्राउ गरेको हो ।

आइतबार बिहान ५ बजे कुशलले चलाई रहेको कारको ठक्करबाट साइकल यात्री ६४ वर्षका एक वृद्धको ज्यान गएको बताइएको छ । कारको ठक्करबाट गम्भीर चोट लागेका वृद्धलाई अस्पताल ललिएको थियो । तर, उपचार कै क्रममा वृद्धको निधन भएको इएसपिएनले उल्लेख गरेको छ ।

कुशललाई ४८ घण्टा हिरासतमा लिएर घटनाको अनुसन्धान थालिएको श्रीलंकन पुलिसले बताएको छ ।

कुशल श्रीलंका टिमका भरपर्दा विकेटकिपर ब्याट्सम्यान हुन् । उनले श्रीलंकाबाट ४४ टेष्ट खेल्दा ७ शतक र ११ अर्धशतकसहित २९९५ रन बनाएका छन् । त्यस्तै, ७६ एकदिवसीय खेल खेल्दा २ शतक र १७ अर्धशतकसहित २१६७ रन बनाएका छन्। त्यस्तै, उनले २६ टि–२० खेलमा ४८४ रन बनाएका छन् ।