एक व्यक्तिले दुईवटा भन्दा बढी सिम राख्न नपाउने

Newslaya Home

एक व्यक्तिले दुईवटा भन्दा बढी सिम राख्न नपाउने

सोमबार २२, असार २०७७

काठमाडौं । अब एक व्यक्तिले दुईवटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिइसकेको छ ।

यद्यपि, एक व्यक्तिले फरक÷फरक सेवा प्रदायकको गरी दुईवटाभन्दा बढी सिम राख्न पाउनेछ । अर्थात्, एकै व्यक्तिले नेपाल टेलिकमका दुईवटा, एनसेलका दुईवटा र स्मार्ट सेलका दुईवटासम्म सिम प्रयोग गर्न पाउनेछन् ।

एउटा सेवा प्रदायक कम्पनीबाट भने दुई वटाभन्दा बढी सिमकार्ड लिन पाउनेछैन । दूरसञ्चार सेवा प्रदायक कम्पनीको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड जारी नगर्न निर्देशन दिएको हो ।