प्रकाशपुरको डोभर इङ्लिस एकेडेमीले लकडाउन भरीको मासिक शुल्क नलिने

Newslaya Home

प्रकाशपुरको डोभर इङ्लिस एकेडेमीले लकडाउन भरीको मासिक शुल्क नलिने

- बाबुराम कार्की
आइतबार २१, असार २०७७

बराहक्षेत्र । प्रकाशपुर डोभर इङ्लिस एकेडेमीले लकडाउनभरीको कुनैपनि शुल्क नलिने भएको छ ।

डोभर एकेडेमीले लकडाउन भरीको मासिक शुल्क देखि भर्चुअल, अनलाइन र घुम्ती सहजीकरणको कुनै शुल्क नलिने भएको डोभर एकेडेमीका संस्थापक निर्देशक रविन कुमार घिमिरेले न्युजलय लाई बताए ।

विश्व माहामारीका रुपमा फैलिएको कोरोना भाइरसले गर्दा सबै क्षेत्रको आर्थिक अवस्था खस्कदै गएको छ । अभिभावकहरु प्नि आर्थिक समस्यामा परिरहेका बेला डोभर एकेडेमीले भने शुल्क मिनाहा गरेर अभिभावकलाई राहत दिएको छ ।

घिमिरेले भने, ‘धेरै अभिभावकहरुलाई शुल्क लिनका लागि अनलाइन, भर्चुअल र घुम्ती सहजीकरण गरेको भन्ने प्रचार भएपनि आफुहरुले विद्यार्थीको पढ्ने बानी नबिग्रियोस्, किताब कहाँ छ थाहा पाउन् भन्नका लागि र अभिभावकहरु प्नि आफ्नो सन्तानको पढाइप्रति चासो बढोस् भन्ने उद्देश्यले बैकल्पिक शिक्षा चलाएको हो ।’

अहिले सम्म सरकारले निजी विद्यालयहरुको शुल्कका बारेमा सरकार नबोलिरहँदा, डोभरले भने लगानीकर्ताहरुसँग छलफल गरेर लकडाउन अवधि सम्मको शुल्क अभिभावकसँग नलिने भएको रविनले जानकारी गराए ।

सामाजिक दुरी कायम गराउदै सुरक्षित तवरले विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गराउदा उनीहरुको पढाइमा सहज भएको शिक्षक अमृत कविरथले बताए । उनले भने, ‘बैकल्पिक सिकाइले विद्यार्थीहरुमा पढाइ प्रति चासो बढेको छ ।’

डोभरमा आधारभूत तहमा १४ जना र माध्यमिक तहमा १२ जना शिक्षकले अध्यापन गराउदै आएका थिए । ‘उनीहरुको पनि यो पेसा भन्दा अरु केहि छैन, सवै शिक्षकहरुसँग समन्वय गरेर केहि गर्छाै । सरकारसँग सस्तो व्याजदरमा ऋण लिएर भएपनि शिक्षकलाई तलब दिन्छौ ।’ रविनले भने ।

विश्वमा महामाहरीको रुपमा फैलेको कोरोना भाइरस (कोभीड १९)ले गर्दा अभिभावकहरुमा आर्थिक भार परिरहेको बेला अभिभावकहरुलाई केहि राहत होस् भनेर नर्सरी देखि कक्षा १० सम्म नै मासिक शुल्क नलिने निर्णय गरेको प्रिन्सिपल टंक विष्टले बताए ।

डोभर एकेडेमीमा कक्षा पाँचमा आफ्नो नानीलाई पढाइरहेकी बराहक्षेत्र ९ की पुष्पाञ्जली कविरथले भनिन् यो माहामारीका बेला बोर्डिङले मासिक शुल्क र वैकल्पिक शिक्षाको शुल्क नलिने भएको खबरले खुसी बनायो । उनले भनिन् ‘यस्तो अवस्थामा बैदेशिक रोजगारी बाट पाउने पैसा समेत रोकिएको छ । यो अवस्थामा कसरी शुल्क तिर्ने भन्ने चिन्ता भइरहेको बेला डोभरले शुल्क छुट गरेर अभिभावकलाई राहत दिएको छ ।’

बराहक्षेत्र नगरकै निजी विद्यालयहरुमा विज्ञान प्रयोगशाला, प्रोजेक्टरको प्रयोग गरेर विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको छ । डोभरमा भोक्राहा, मधुवन र प्रकाशपुर क्षेत्रबाट विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका थिए । डोभरमा ७ सय विद्यार्थीहरु अध्यापन गर्दै आएका थिए ।