दिल्लीमा १०६ वर्षीय वृद्धले जिते कोरोना

Newslaya Home

दिल्लीमा १०६ वर्षीय वृद्धले जिते कोरोना

आइतबार २१, असार २०७७

काठमाडौं । भारतको नयाँ दिल्लीको राजीव गान्धी अस्पतालमा १०६ वर्षीय वृद्धले कोरोना भाइरस जितेका छन् । उनले कोरोनालाई जितेपछि चिकित्सकहरु पनि अचम्ममा परेको भारतीय मिडियाले लेखेका छन् ।

यी व्यक्तिका ७० वर्षका छोरा र परिवारका अन्य सदस्यलाई पनि कोरोनाभाइरस संक्रमण भएको थियो ।

दिल्लीका यी व्यक्तिले सन् १९१८ अर्थात् १०२ वर्ष पहिले स्पेनिस फ्लू जस्तो महामारी पनि झेलेका थिए । त्यति बेला उनी केवल ४ वर्षका थिए । यही कारणले उनलाई त्यहाँ चिकित्सकहरुले सम्मान पनि गरेका छन् ।