दिल्लीमा खुल्यो ‘विश्वकै ठूलो’ कोरोना सङ्क्रमितका लागि स्याहार गृह

Newslaya Home

दिल्लीमा खुल्यो ‘विश्वकै ठूलो’ कोरोना सङ्क्रमितका लागि स्याहार गृह

आइतबार २१, असार २०७७

बिबिसि । भारतको राजधानी दिल्लीमा १० हजार शय्या रहेको कोरोनाभाइरस स्याहार गृह उद्घाटन गरिएको छ।

उक्त स्याहार गृहमा सामान्य लक्षण भएका तथा कोभिड१९ पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकाहरूको उपचार गरिने बताइएको छ।

२० वटा फुटबल मैदानजत्रो आकारको उक्त स्याहार गृहलाई स्थानीय सञ्चारमाध्यमहरूले विश्वकै सबैभन्दा ठूलो कोरोनाभाइरस केन्द्रका रूपमा व्याख्या गरिरहेका छन्।

दिल्ली भारतको सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो।

भारतमा आइतबार एकै दिनमा सर्वाधिक २४ हजार ८०० सङ्क्रमणका नयाँ घटना पुष्टि भएको छ।

त्यहाँ हालसम्म १९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्।