मोरङमा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

Newslaya Home

मोरङमा करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

आइतबार २१, असार २०७७

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–९ स्थित करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार अपरान्ह घर अगाढी रहेको बिजुलीको पोलमा रहेको वाईफाईको तारलाई बासले मिलाउने क्रममा अचानक करेन्ट लागेर ३२ बर्षीय खेम बहादुर भुजेलको मृत्यु भएको हो ।

अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी लैजाने क्रममा अस्पताल पुग्नासाथ उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
सोही घटनामा घाईते भएकी उनकी श्रीमती ३० बर्षीया कला भुजेलको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।