मोटरसाईकलले ठक्कर दिँदा १४ वर्षीय बालकको मृत्यु, चार घाइते

Newslaya Home

मोटरसाईकलले ठक्कर दिँदा १४ वर्षीय बालकको मृत्यु, चार घाइते

आइतबार २१, असार २०७७

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका– ११ स्थित मोटरसाइकल दुर्घटना भएको छ ।

शनिबार राती दियरमा हिरापुरबाट हरकठवा जाँदै गरेको ना ५२ प ५६४१ नम्बरको मोटरसाइकलले रहथवा– ११ स्थित सडक छेउमा बसिरहेका ५ जनालाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट सडक छेउमा बसिरहेका सोही स्थान बस्ने १४ वर्षीय जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीसँगै रहेका अन्य चार जना घाइते भएका छन् ।

दुर्घटनामा परेर घाईते हुनेहरुमा बरहथवा नगरपालिका– ११ बस्ने ३५ बर्षका सुरेन्द्र महतो, सोही स्थानका ३५ बर्षका शम्भु मुखिया, सोही स्थानका २२ बर्षका श्रवण मुखिया र सोही ठेगाना भएका ३२ बर्षका देवेन्द्र पासवान रहेका जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोटरसाईकल चालक भने दुर्घटना लगतै फरार भएपछि उनको पहिचान भइसकेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।