झापामा करेन्ट लागेर एक युवाको मृत्यु

Newslaya Home

झापामा करेन्ट लागेर एक युवाको मृत्यु

आइतबार २१, असार २०७७

झापा । झापाको मेची नगर नगरपालिका–१४ स्थित करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

शनिबार दिउँसो घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर २७ बर्षीय चक्र बहादुर भुजेलको मृत्यु भएको हो ।

करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी झापाको बि.एण्ड.सी. अस्पताल पठाईएको थियो ।
सोही अस्पतालमा उपचारको क्रममा भुजेलको मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।