विदेशमा कोरोना संक्रमणबाट यो साता मात्र १३ नेपालीको मृत्य

Newslaya Home

विदेशमा कोरोना संक्रमणबाट यो साता मात्र १३ नेपालीको मृत्य

आइतबार २१, असार २०७७

काठमाडौं । विदेशमा कोरोना भाइरसको संक्रमणबाट यो साता मात्रै थप १३ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले दिएको जानकारीअनुसार यूएईमा ६, भारतमा ५, ओमानमा १ र कुवेत १ गरी यो साता थप १३ नेपालीको मृत्यु भएको हो ।

योसमेत गरेर शनिबार साँझसम्म कोरोनाकै कारण १४ देशमा गरी १ सय ४३ गैरआवासीय नेपालीको मृत्यु भएको समितिले जनाएको छ । समितिका अनुसार बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, ओमानलगायत देशमा कोरोनाका कारण नेपालीको जयन गएको हो ।

यो साता मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमण दर घट्दै गएको तथ्यांकले देखाएको छ ।

समितिका एनआरएनए स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा कोरोना संक्रमित गैरआवासीय नेपालीको संख्या २८ हजार ९ सय १८ पुगेको छ भने तीमध्ये २५ हजार २ सय २६ जना भने निको भइसकेका छन् ।