झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु

Newslaya Home

झापामा खोलाले बगाउँदा एक जनाको मृत्यु

आइतबार २१, असार २०७७

झापा । झापामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कमल गाउँपालिका–५ मा रतुवा खोला र चाजु खोलाको दोभानमा आएको बाढीले शनिबार दिउँसो बगाउँदा टुक्रेका पुष्प राईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार खोलाबाट दाउरा निकाल्ने क्रममा बाढीले बगाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय, दमकबाट प्रहरी निरीक्षकको नेतृत्वमा खोजीमा खटिएको टोलिले राईलाई खोला छेऊ मृत भेटेका थिए ।

शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ ।