सार्वजनिक यातायात सञ्चालनको निर्णय नभएको व्यवसायी महासङ्घको दाबी

Newslaya Home

सार्वजनिक यातायात सञ्चालनको निर्णय नभएको व्यवसायी महासङ्घको दाबी

शनिबार २०, असार २०७७

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको दाबी गरेको छ । यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी अफवाह फैलाएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ ।

नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासङ्घले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ ।