बझाङको पहिरोमा ६ जनाको शव फेला, एक जना अझै बेपत्ता

Newslaya Home

बझाङको पहिरोमा ६ जनाको शव फेला, एक जना अझै बेपत्ता

शनिबार २०, असार २०७७

बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसिमा गएको पहिरोमा पुरिएका सातमध्ये ६ जनाको शव भेटिएको छ ।

शुक्रबार राति वर्षासँगै ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट आएको पहिरोले मल्लेसीका २० घर बगाएको हो ।

पहिरोमा परिएका एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय प्रयाग जेठारा र सात वर्षीया अष्मिता जेठाराको शव भेटिएको छ ।

यस्तै १५ वर्षीया सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको वडाध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए । २० वर्षीय गिरी जेठारा भने अझै बेपत्ता रहेको जनाइएको छ ।

पहिरोमा स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाईगोरु पनि पुरिएका छन् ।