नेपालमा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

Newslaya Home

नेपालमा आज थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार २०, असार २०७७

काठमाडौं । नेपालमा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार थप २३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकार ी दिए ।

आज थप दुई सय ३२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।