झापामा थपिए पाँच कोरोना संक्रमित

Newslaya Home

झापामा थपिए पाँच कोरोना संक्रमित

शनिबार २०, असार २०७७

विराटनगर । झापामा थप पाँच जनामाा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परिक्षणको क्रममा झापाको कचनकवलमा ४ पुरुष र कनकाईमा १ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

आज मात्र प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

शनिबार पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेन अस्पताल गोठगाउँमा उपचारतः ३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २४, झापाका ११ र सुनसरीका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।