खोकनाको ‘रोपाइँ’मा विरोध प्रदर्शन, खोकनाबासी र प्रहरीबीच झडपमा चार प्रहरी घाइते

Newslaya Home

खोकनाको ‘रोपाइँ’मा विरोध प्रदर्शन, खोकनाबासी र प्रहरीबीच झडपमा चार प्रहरी घाइते

शनिबार २०, असार २०७७

काठमाडौं । ललितपुरको खोकनामा विकासका नाममा जग्गाजमिन र पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासीले विरोध गर्दै आएका छन् ।

शनिबार बिहानै तराई मधेश द्रुतमार्गको जेरो किलोमिटर खोकना खुडोल खण्डमा बाजा गाजासहित बाक्लो संख्यामा सरकारविरुद्ध प्रदर्शन जनाउँदै स्थानीयले खेतमा धान रोप्नुको साथसाथै बाझो खेतमा समेत रोपाइ सुरु गरेका थिए ।

आफ्नो जमिन खनजोग गर्न गएका किसानलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । स्थानीयले ढुंगामुढा गर्दा ४ जना प्रहरी भाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको छ ।

भिडलाई तितरवितर बनाउन प्रहरीले १५ सय राउन्ड अश्रुग्यास प्रहार गरको छ ।

काठमाडौं–तराई द्रुतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने तयारी छ, तर स्थानीयबासीले भने विकासका नाममा सांस्कृतिक शहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।