सलह खेतबारीमा प्रवेश गर्दा पाँच करोडको क्षति

Newslaya Home

सलह खेतबारीमा प्रवेश गर्दा पाँच करोडको क्षति

शनिबार २०, असार २०७७

अर्घाखाँची । अर्घाखाँचीको विभिन्न क्षेत्रमा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ ।

केही दिन अघि देखि खेतबारीमा प्रवेश गरेका सलहले शीतगङ्गा नगरपालिकाका नौ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूर्ण रुपमा नष्ट गरेको हो ।

शीतगङ्गा–७ का जलुके, जुवाकोटलगायत क्षेत्रमा लगाइएको मकै पूर्ण रुपमा नष्ट भएको वडाध्यक्ष मोहन पन्थीले जानकारी दिए ।

जिल्लाका सबै क्षेत्रमा गरी १० हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै पूूर्णरुपमा र केही भागमा आंशिक क्षति पुग्दा करिब पाँच करोड क्षति भएको जनाइएको छ ।

सन्धिखर्क र भूमिकास्थान नगरपालिका तथा छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका सबैतिर सलहले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक निमबहादुर आचार्यले जानकारी दिए ।