धरानको शान्तीपथबाट लागूऔषध सहित पक्राउ

Newslaya Home

धरानको शान्तीपथबाट लागूऔषध सहित पक्राउ

शनिबार २०, असार २०७७

धरान । सुनसरीको धरान–७ स्थित शान्तीपथबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल धरानका नायक उपरिक्षक सुमन पोखरेलको कमान्डमा खटिएका सशस्त्र प्रहरी र ईलाका प्रहरी कार्यालय धरानका संयुक्त टोलीले ४३ वर्षिय किसन श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको हो ।

श्रेष्ठलाई चेक जाँच गर्ने क्रममा कोरेक्स ७ बोतल, स्पास्मोपोक्सीवन २४ पत्ता, नाईट्रोजन २ सय ६० थान तथा नगद १ लाख ९६ हजार १ सय रूपैँया बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।