भारतमा कोरोनाबाट एकैदिन ४४४ जनाको मृत्यु, १८ हजारबढी संक्रमित

Newslaya Home

भारतमा कोरोनाबाट एकैदिन ४४४ जनाको मृत्यु, १८ हजारबढी संक्रमित

शनिबार २०, असार २०७७

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्यु बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा २२ हजार ७ सयभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा त्यहाँ कोरोनाबाट ४४४ जनाको मृत्यु भयो। योसँगै मृतकको कुल संख्या १८ हजार ६६९ पुगेको छ ।

भारतमा संक्रमितमध्ये ३ लाख ९४ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसबाट अति प्रभावित सूचीमा भारत चौथो स्थानमा पर्छ।