टिकटकको विकल्प बन्दै मोज एप, दुई दिनमै ५० हजारभन्दा धेरै पटक डाउनलोड

Newslaya Home

टिकटकको विकल्प बन्दै मोज एप, दुई दिनमै ५० हजारभन्दा धेरै पटक डाउनलोड

शुक्रबार १९, असार २०७७

काठमाडौं । भारतले केही दिन अघिमात्र प्रतिबन्ध लगाएको ५९ वटा एपलिकेशन मध्ये सबै भन्दा धेरै चर्चा टिकटकको भईरहेको छ ।

यो एप मनोरञ्जनका साथसाथै आफनो प्रतिभा शेयर गर्ने माध्यम पनि बनेको थियो । प्रतिबन्ध लागेसँगै अहिले प्रयोगकर्ताहरु टिकटक जस्तै आफ्नो भिडियो शेयर गर्ने एपको खोजीमा छन् ।

पछिल्लो दुई दिनमा ‘मोज एप’लाई मानिसहरुले रुचाउन थालेका छन् । यो एप दुई दिनमा पचास हजार भन्दा धेरै पटक डाउनलोड भइसकेको छ । यो एपको डाउनलोड लगातार वृद्धि भईरहेको पाइएको छ ।

मोज एप सोसल मिडिया जस्तै गरी निर्माण गरिएको छ । गुगल प्ले स्टोरमा यसले ४.३ को रेटिंग पाएको छ । यो एपको राम्रो पक्ष भनेको यो हिंदी, बंगाली , गुजराती, कन्नड र पंजाबीसहित १५ भाषामा उपलब्ध रहेको छ । भारतका विभिन्न राज्यका सबै भाषा समावेश गरिएको यस एपमा अंग्रेजी भाषा भने समावेश गरिएको छैन ।

मोज टिकटक जस्तै सानो भिडियो शेयर गर्ने एप हो । खासमा यो एक भारतीय लोकल एप हो । यसमा प्रयोगकर्ताले आफ्नो भिडियो बनाउनुका साथौ अरुको भिडियोलाई हेर्न र शेयर गर्न पाइन्छ ।

भिडियोको समयसीमा १५ सेकेंड रहेको छ । उक्त बनाएको भिडियोलाई फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर जस्ता सामाजिक सञ्जालमा पनि सजिलोसँग शेयर गर्न पाइन्छ ।

खास गरेर मोज एपमा नृत्य, संगीत, कमेडी, ब्लग, खाना, मनोरञ्जनात्मक समाचार, हाँसयास्पद भिडियो, र लभ सायरी जस्तो धेरै बिषयबस्तु समावेश गरिएको छ ।