लायन्स क्लब अफ इटहरीद्धारा वृक्षरोपण

Newslaya Home

लायन्स क्लब अफ इटहरीद्धारा वृक्षरोपण

शुक्रबार १९, असार २०७७

इटहरी । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटि र लायन्स क्लव अफ इटहरी एक्टिभले संयुक्त रुपमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार इटहरी–१८ स्थित रहेको सहिद स्मृती आधारभुत विद्यालय र इटहरी–६ स्थित रहेको कबिर मा.वि.मा दुई क्लवले संयुक्त रुपमा वृक्षरोपण गरेको हो ।

आफ्नो कार्यकाल वृक्षरोपण गरि सुरु गर्ने क्रममा दोस्रो र तेस्रो कार्यक्रम अन्तर्गत दुई विद्यालयमा वृक्षरोपण सम्पन्न गरेको लायन्स क्लब अफ इटहरी स्मार्ट सिटिका अध्यक्ष लक्ष्मी बरालले बताइन् ।

वृक्षरोपणको क्रममा दुई विद्यालयमा आँप, लिची, कागती, अनार, असोक, कपुरको बिरुवा गरि जम्मा ८० वटा बिरुवा रोपिएको लायन्स क्लव अफ इटहरी एक्टिभका अध्यक्ष रञ्जु सिग्देलले जानकारी दिइन् ।