काठमाडौंमा कोरोना संक्रमित वृद्धको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

Newslaya Home

काठमाडौंमा कोरोना संक्रमित वृद्धको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो

शुक्रबार १९, असार २०७७

काठमाडौं । काठमाडौंमा कोरोना भाइरस संक्रमणबाट एकको मृत्यु भएको छ ।

उच्च रक्तचाप र पार्किन्सन बिरामीसमेत रहेका काठमाडौं स्थित नयाँ बानेश्वरका ८५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट ज्यान गएको हो ।

एक निजि अस्पतालको आइशोलेसनमा उपचार गराइरहेका उनको असार १७ गते भएको मृत्युपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३२ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म १५ हजार २ सय ५९ जना संक्रमित भएका छन्। ।