त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित शिशुको मृत्यु

Newslaya Home

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित शिशुको मृत्यु

बिहीबार १८, असार २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा कोरोना संक्रमित डेढ महिनाको शिशुको मृत्यु भएको छ ।

घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसन वार्डमा राखिएको उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए ।

म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको जनाइएको छ ।