उर्लाबारीमा कोरोना संक्रमतिको संख्या ७ पुग्यो

Newslaya Home

उर्लाबारीमा कोरोना संक्रमतिको संख्या ७ पुग्यो

बिहीबार १८, असार २०७७

विराटनगर । मोरङको उर्लावारीमा कोरोना भाइरस संक्रमतिको संख्या ७ पुगेको छ ।

बिहीबार थप ६ जनामा कोरोना संक्रमण देखिएको उर्लावारी स्वास्थ्य शाखाले पुष्टि गरेको हो ।

आज थप ६ जनामा कोरोना पोजेटिभ देखिए सँगै संक्रमित हुनेको कुल संख्या ७ पुगेको जनाइएको छ । संक्रमित हुनेहरुमा दुबईबाट आएका २ जना पुरुष र कुवेतबाट आएका ५ जना महिला रहेको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ ।

बुधबार कुवेतबाट फर्केर आएकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । राधिका माविको क्वारेनटाइनमा बसेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ ।

एक जना संक्रमितलाई उपचारका लागि कोभिड उपचार केन्द्र विराटनगरमा पठाइएको छ । बाँकी ६ जनालाई आवश्यक प्रक्रिया पुरा गरेर विराटनगर पठाउने तयारी भइरहेको उर्लावारीको स्वास्थ्य शाखाले जनाएको छ ।