काठमाडौंमा अनुमति बिना ड्रोन उडाएको आरोपमा चार जना पक्राउ

Newslaya Home

काठमाडौंमा अनुमति बिना ड्रोन उडाएको आरोपमा चार जना पक्राउ

बिहीबार १८, असार २०७७

काठमाडौं । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटबाट अनुमति बिना ड्रोन उडाएको आरोपमा चार जनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले मानव रहित हवाई उपकरण ड्रोन उडाइ रहेको अवस्थामा मार्चिङ एन्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका–१० का ३१ वर्षीय रवि शाक्यसहित ४ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एन्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिनाअनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।