इटहरीका थप तीन जनालाई कोरोना पोजेटिभ

Newslaya Home

इटहरीका थप तीन जनालाई कोरोना पोजेटिभ

बिहीबार १८, असार २०७७

इटहरी । इटहरीस्थित जनता क्याम्पसको क्वारेन्टाइनमा बस्ने थप तीन जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

कतारबाट आएका इटहरी ४ का ३५ वर्षिय पुरुष, कुवेतबाट आएका इटहरी १ का ४३ वर्षका पुरुष र साउदीबाट आएका इटहरी १ का ४६ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई असार १० र ११ गते क्वारेन्टाइनमा राखिएको थियो ।

१४ गते स्वाब संकलन गरी परिक्षणका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएकोमा विहीबार रिपोर्ट आएको क्वारेन्टाइनमा खटिएका चिकित्सकले जानकारी दिएका छन् ।

यसअघि इटहरी २ का एक युवामा कोरोना संक्रमण भएको थियो भने इटहरी २० मा एक युवतीमा कोरोना देखिएको थियो । दुवैजना घरमै बसेको अवस्थामा कोरोना पोजेटिभ पाइएको थियो ।यसअघि इटहरी २ का एक युवामा कोरोना संक्रमण भएको थियो भने इटहरी २० मा एक युवतीमा कोरोना देखिएको थियो । दुवैजना घरमै बसेको अवस्थामा कोरोना पोजेटिभ पाइएको थियो ।