इटहरीमा अबैध सुर्तिजन्य पदार्थ सहित दुई जना पक्राउ

Newslaya Home

इटहरीमा अबैध सुर्तिजन्य पदार्थ सहित दुई जना पक्राउ

बिहीबार १८, असार २०७७

इटहरी । सुनसरीको इटहरी–४ पञ्चकन्या मन्दिर अगाडीबाट भन्सार छलेर ल्याएको सुर्तिजन्य पदार्थ सहित दुई जनालाई पक्राउ गरिएको छ ।

भारतबाट अबैध रुपमा प्र. १०४००१ च ००३५ नम्बरको बोलेरो गाडीमा भन्सार छलेर ल्याएको सुर्तिजन्य पदार्थ सहित गढी गाउँपालिका–३ छिटाहा वस्ने सुरज कुमार मेहता र दुहबी नगरपालिका वडानम्वर ५ का मनोज रौनियारलाई पक्राउ गरिएको हो ।

गोप्य सुचनाको आधारमा दुई लाख पचासी हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थ , सामान लोड भएको गाडी, गाडीका चालक सुरज, सामान धनि रौनियारलाई नियन्धणमा लिई सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।