इनरुवाबाट लागुऔषध सहित दुई जना पक्राउ

Newslaya Home

इनरुवाबाट लागुऔषध सहित दुई जना पक्राउ

बिहीबार १८, असार २०७७

इटहरी । सुनसरीको ईनरुवा नगरपालिका–३ महेन्द्रचोकबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् ।

बुधबार बिहान को १० प १९९ नम्बरको मोटरसाईकलमा सवार गरी आएका इनरुवा–१० का ३० बर्षीय मोहमद अलाउदिन र सोही स्थानका २५ बर्षीय अक्तर आलमलाई लागुऔषध सहित पक्राउ गरिएको हो ।

विशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाईलेक्स डिसी–१० बोतल र स्पास्मो प्रोक्सिभन–११४ क्याप्सुल फेला पारी बरामद गरिएको जनाइएको छ ।

पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।